शाहरुखको ‘पठान’ को डिजिटल अधिकार भारु दुई सय करोडमा बिक्री

भक्तपुर न्यूज

२१ वैशाख २०७९ ८:१०

शाहरुखको ‘पठान’ को डिजिटल अधिकार भारु दुई सय करोडमा बिक्री

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘पठान’ को डिजिटल अधिकार महंगो रकममा बिक्री भएको छ। भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार फिल्म दुई सय करोड भारतीय रुपैयाँमा बिक्री भएको छ।

आदित्य चोपडाले निर्माण गरेको फिल्मको डिजिटल अधिकार अमेजन प्राइमले खरिद गरेको हो। केही समय अगाडि ‘पठान’को सेटबाट शाहरूख खानको लुक्स सार्वजनिक भएको थियो। जसलाई दर्शकले निकै रुचाएका छन्।

यस फिल्ममा ‘ओम शान्ति ओम’ पछि शाहरूख र दीपिका पादुकोणले एकसाथ काम गर्दैछन्। सिद्धार्थ अन्नदले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै डिम्पल कपाडिया, आशुतोष राणा, जोन अब्राहम र सलमान खान पनि देखिनेछन्।

हिन्दी, तमिल र तेलुगु भाषामा फिल्म सन् २०२३ जनावरी २५ बाट प्रदर्शन हुँदैछ। शाहरूख खान ‘पठान’ पछि एटली कुमारको फिल्म ‘लायन’ र राजकुमार हिरानीको फिल्म ‘डंकी’ मा देखिनेछन्।

प्रकाशित मितिः २०७९ बैशाख २१ बुधबार 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय