एजेन्सी, २५ वैशाख । आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने सम्भावना कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो । आर्सनलले म्यानचेस्टर युनाइटेडको २५ खेलको अपराजित यात्रा टुंग्यायो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा आर्सनलले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्यो । आर्सनलको जितमा ग्रनिट जाका र ड्यानी वेलबेकले गोल गरे ।
हारपछि युनाइटेडको शीर्ष चारमा पुग्ने सम्भावना कम भएको छ । छैटौं स्थानका आर्सनलको लिगका चार खेल बाँकी हुँदा ६३ अंक छ । आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ र पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा दुई अंकले पछि छ । सिटी र युनाइटेडले लिगमा तीन खेल खेल्न बाँकी छ ।
राति नै भएको खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको लिभरपुल तेस्रो स्थानमा फर्किएको छ । उसको लिगका दुई खेल बाँकी हुँदा ७० अंक भएको छ ।
म्यानचेस्टर युनाइटेडको २५ खेलको अपराजित यात्रा आर्सनलले ताेड्याे
0
Share.
Comments