बनेपा नगरपालिकाका मेयर बादे श्रेष्ठले नेकपा एमाले पार्टी परित्याग गरे

भक्तपुर न्यूज

१७ वैशाख २०७९ १५:०७

बनेपा नगरपालिकाका मेयर बादे श्रेष्ठले नेकपा एमाले पार्टी परित्याग गरे

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले नेकपा एमाले पार्टी परित्याग गरेका छन् ।

बादेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नरेका हुन् । श्रेष्ठले केन्द्रीय सदस्य गोकुल बास्कोटाले बनेपाको मेयर पदमा पुनः उठाउने वचन दिएर धोका दिएको जनाउँदै एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेको जनाएका छन्।

उनले बास्कोटासहितका नेताहरूले आफूलाई झुक्याउने काम गरेको आरोप लगाए ।

श्रेष्ठले बनेपाको मेयरबाट पनि राजीनामा गर्ने बताए । एमालेले बनेपा नगरपालिकाको मेयर पदमा रत्नकुश रञ्जितलाई टिकट दिएको छ ।

प्रकाशित मितिः २०७९ बैशाख १७ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय