एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा पनि सुधार

भक्तपुर न्यूज

१६ वैशाख २०७९ ७:२६

एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा पनि सुधार

काठमाडौं । बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख १३ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख १२ गते, साेमबारसम्म बैंकहरूकाे निक्षेप ४९ खर्ब २५ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ७ अर्बले बढेकाे हाे । यसै अवधिमा बैंकहरूकाे निक्षेप पनि ७ अर्बले बढेर ४३ खर्ब ५९ अर्ब पुगेकाे छ ।

बैंकहरूको कर्जा लगानी भने ४१ खर्ब ९१ अर्ब रूपैयाँमा स्थिर छ । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.९२ प्रतिशतबाट घटेर ९०.७७ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।

626b814b8a2a3.jpg

प्रकाशित मितिः २०७९ बैशाख १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय