काठमाडौंमा डेराबाट १२ लाख रुपैयाँसहित १८ लाखको धनमाल चोरी

भक्तपुर न्यूज

१४ वैशाख २०७९ ९:३८

काठमाडौंमा डेराबाट १२ लाख रुपैयाँसहित १८ लाखको धनमाल चोरी

काठमाडौं । काठमाडौँ महानगरपालिका–१७ म्हेपीमा डेरा फुटाएर करिब १८ लाख मूल्य बराबरको गहना र नगद चोरी भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भई म्हेपीमा बस्ने शान्ति खड्काको कोठाबाट नगद १२ लाख ५० हजार रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १८ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मंगलबार साँझ डेरामा कोही नभएको मौकामा चोरी भएको थियो । चोरीमा संलग्न आरोपीहरू फरार छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मितिः २०७९ बैशाख १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय