विप्लवले गरे धर्मेन्द्र बास्तोला र हेमन्त वलीलाई पदमुक्त

भक्तपुर न्यूज

१४ वैशाख २०७९ ९:२४

विप्लवले गरे धर्मेन्द्र बास्तोला र हेमन्त वलीलाई पदमुक्त

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीसुदर्शनको जिम्मेवारी खोसिएको छ । पार्टीका महासचिव विप्लवले बुधवार प्रेस वक्तव्य जारी गर्दै दुवै नेताका फुटपरस्त अराजक गतिविधि र आर्थिक अनियमितता जस्ता कारणले पदमुक्त गरिएको जनाएका छन् ।

विप्लवले जारी गरेको विज्ञप्तिमा दुवै जनालाई अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।

विप्लव नेतृत्वको नेकपामा चुनाव उपयोग गर्नेबारे मतान्तर थियो । कन्चन र हेमन्त चुनावमा भाग लिन नहुने पक्षमा थिए भने विप्लव प्रकाण्‍ड चुनावको पक्षमा छन् । उनीहरूले स्वतन्त्र भन्दै विभिन्न पालिकामा उम्मेदवार समेत उठाएका छन् ।

प्रकाशित मितिः २०७९ बैशाख १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय