मेयरमा उठ्न उपसचिवबाट राजीनामा दिए, कांग्रेसले टिकट नै दिएन

भक्तपुर न्यूज

१३ वैशाख २०७९ ९:४५

मेयरमा उठ्न उपसचिवबाट राजीनामा दिए, कांग्रेसले टिकट नै दिएन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर देवचुली नगरपालिकाको मेयरको टिकट दाबी गरेका विष्णुप्रसाद भुसालले अन्तत: टिकट पाएनन्। कांग्रेसका नेता डा. शशांक कोइराला तथा जिल्ला स्तरीय नेताहरुले पनि टिकटको आश्वासन दिए पनि उनले अन्तत: टिकट भने पाएनन्।

जिल्लास्थित एक कांग्रेस नेताका अनुसार कोइरालाले उनलाई देवचुलीको मेयरमा उम्मेदवारी दिन भनेका थिए। यद्यपि कांग्रेसले उनलाई टिकट नदिई विष्णु बस्ताकोटीलाई उम्मेदवार बनाएपछि उनी खिस्रिक्क परेका हुन्।

देवचुली गाउँपालिकाको कांग्रेस सभापति पनि रहिसकेका भुसालले लोकसेवा आयोग हुँदै निजामती सेवा प्रवेश गरेपछि राजनीति छाडेका थिए। केही साताअघि उनले देवचुली नगरपालिकाको मेयरमा उम्मेदवारी दिन उपसचिव पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मितिः २०७९ बैशाख १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय