कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर न्यूज

१३ वैशाख २०७९ ८:५१

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा मोटरसाइकलको ठक्करबाट आज एक जना पैदलयात्री मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ७५ बर्षीय पंचम अहिर रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान साढे १० बजे तौलिहवाबाट गोपालपुर तर्फ जाँदै गरेको यू.पि. ५५ एक्स ९१८० भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेका अहिरलाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः २०७९ बैशाख १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय