एकैदिन तोलामा ९०० सयले घट्यो सुनको मूल्य, चाँदी भने स्थिर
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । हिजो अर्थात सोमबार प्रतितोला १ लाख २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ९०० रुपैंयाले ओरालो लाग्दै प्रतितोला ९९ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैंया रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १ हजार ३५० रुपैंया रहेको थियो र आज पनि सो रकममा कारोबार हुने महासंघले जनाएको हो ।
प्रकाशित मितिः २०७९ बैशाख १३ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
