भारतमा थप दुई हजार पाँच सय भन्दा बढी संक्रमित, ३० को मृत्यु
काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३० जनाको मृत्यु पनि भएको छ।
अघिल्लो दिन भने २ हजार ५ सय ९३ जना सङ्क्रमित भएका थिए। भारतमा अहिलेसम्म कुल ४ करोड ३० लाख ६० हजार ८६ जना कोरोना सङ्क्रमित भएका छन्।
संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ। नयाँ सङ्क्रमितमध्ये १ हजार ८३ जना नयाँ दिल्ली प्रदेशका मात्रै रहेका छन्। यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको करिब आधा हो। एजेन्सी
प्रकाशित मितिः २०७९ बैशाख १२ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
