साताको पहिलो दिन घट्यो सुनको मूल्य

भक्तपुर न्यूज

११ वैशाख २०७९ १०:०१

साताको पहिलो दिन घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सयले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बुधबार स्थिर रहेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७९ बैशाख ११ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय