इरानका सैन्य कमान्डरमाथि हत्याको प्रयास, बडीगार्डको मृत्यु

भक्तपुर न्यूज

१० वैशाख २०७९ ९:२७

इरानका सैन्य कमान्डरमाथि हत्याको प्रयास,  बडीगार्डको मृत्यु

काठमाडौं । इरानका एक सैन्य कमान्डरलाई गाडिमा सवार गरिरहँदा गोलि आक्रमण भएको छ। आक्रमणमा परी कमान्डरका बडीगार्डको ज्यान गएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ।

इरानको ‘स्लामिक रिवोल्यूशनरी गार्ड्स’ का विशिष्ठ कमान्डर जनरल हुसेन अल्मासीको स्वास्थ्य एकदमै ठीक रहेको सञ्चार माध्यमले जनाएको छ। आक्रमण गरेको आशंकामा अहिलेसम्म ४ जनालाई गिरफ्तार गरिएको छ।

अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सिस्तान बलूचिस्तान प्रान्त ड्रग्स तस्करको गिरोहको लागि कुख्यात क्षेत्र मानिन्छ। यो ठाउँमा सुन्नी र इस्लामी चरमपन्थिको र शिया अधिकारिहरुबिच झडप भईरहन्छ। एजेन्सी

प्रकाशित मितिः २०७९ बैशाख १० शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय