बारबर्दियाको मेयरमा चुनाव लड्न उपमेयरबाट राजीनामा

भक्तपुर न्यूज

९ वैशाख २०७९ ७:२६

बारबर्दियाको मेयरमा चुनाव लड्न उपमेयरबाट राजीनामा

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाकी उपमेयर अञ्जु दहितले पदबाट राजीनामा दिएर स्थानीय तह निर्वाचनको प्रचारमा सक्रिय भएकी छन् । सार्वजनिक पदमै रहेर पार्टी विशेषको चुनाव प्रचारमा हिंड्न नैतिकताले नदिने भन्दै उनले बिहीबार पदबाट राजीनामा दिएकी हुन् ।

उनले राजीनामा सँगै ल्यापटप, मोबाइल लगायतका सामग्री पनि फिर्ता गरेकी छन् । निर्वाचन आयोगले जनप्रतिनिधिहरुले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने निर्णय गरेको थियो । दहित बारबर्दिया नगरपालिकाको मेयरको प्रमुख दाबेदार हुन् ।

उनले आफू पदमा रहँदा सहयोग गर्ने नगर प्रमुख, कार्यपालिका एवम् नगर सभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत पालिकाका कर्मचारीहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, सञ्चारकर्मी र नगरवासीप्रति आभार व्यक्त गरेकी छन् ।

प्रकाशित मितिः २०७९ बैशाख ०९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय