म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकमा एरिक टेन हाग नियुक्त

भक्तपुर न्यूज

८ वैशाख २०७९ ११:४९

म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकमा एरिक टेन हाग नियुक्त

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षकमा एरिक टेन हागलाई नियुक्त गरेको छ। उनले आगामी सिजनदेखि म्यान युनाइटेडको प्रशिक्षण सम्हाल्ने छन्। अन्तरिम प्रशिक्षक राल्फ राङनिकले यो सिजनको अन्त्यसम्म म्यान युनाइटेड हेर्नेछन्। ५२ वर्षीय डच हाग यसअघि आयाक्सका प्रशिक्षक रहेका थिए।

म्यान युनाइटेड र हागबीच पछि एक वर्ष थप्न सकिने गरि ३ वर्षको सम्झौता भएको बीबिसीले जनाएको छ। क्लबको खराब प्रदर्शनपछि म्यान युनाइटेडले ओले गन्नर सोल्सकायरलाई गत नोभेम्बरमा बर्खास्त गरी राङनिकलाई अन्तरिम प्रशिक्षकका रुपमा जिम्मेवारी दिएको थियो।

सन् २०१३ मा सर एलेक्स फर्गुसनले प्रशिक्षण छाडेयता म्यान युनाइटेड संघर्षरत रहेको छ। फर्गुसनले छाडेयता हाग म्यान युनाइटेडका पाचौँ प्रशिक्षक हुन्।

प्रकाशित मितिः २०७९ बैशाख ०८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय