१० अर्ब २० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

भक्तपुर न्यूज

५ वैशाख २०७९ १०:०३

१० अर्ब २० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब २० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल साउन ३ गते परिपक्क हुनेछ ।

त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ५ अर्ब कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल कार्तिक १ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (वैशाख ५ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि वैशाख ६ गते, मंगलबार बिक्री हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
625d0ec763a4e.jpg

प्रकाशित मितिः २०७९ बैशाख ०५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय