सिन्धुलीमा ट्यांकरले ठक्कर दिँदा दुई शिक्षक घाईते

भक्तपुर न्यूज

४ वैशाख २०७९ १०:५०

सिन्धुलीमा ट्यांकरले ठक्कर दिँदा दुई शिक्षक घाईते

सिन्धुली । आइतबार कमलामाई नगरपालिका ११ स्थित फालचुरीमा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा दुईजना शिक्षक घाइते भएका छन् ।

बिहान ७ बजे प्रदेश–२ ०२–००१ ख ०४८९ नम्बरको ट्यांकरले सिन्धुलीबाट वर्दिवासतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा कमलामाई नगरपालिका ६ का शान्ति दाहाल र मदन काफ्ले गम्भिर घाइते भएका हुन ।

ट्यांकरले प्रदेश–२ ०२–००२ प ४१४७ नम्बरको मोरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दाहालको करङ तथा खुट्टा भाँचिएको सिन्धुली अस्पतालले जनाएको छ भने काफ्लेको टाउकोमा गम्भिर चोट लागेको छ । घाइते दुवैजना शिक्षक हुन ।

दुवै जना सिन्धुली अस्पतालमा उपचार गरि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमान्डौ पठाईएको छ । घाइते दुवैजनालाई मेडिसिटी अस्पताल पठाईएको सिन्धुली अस्पतालले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने ट्यांकर र ट्यांकर चालक सुशिल माझीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए ।

प्रकाशित मितिः २०७९ बैशाख ०४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय