आईपीएल : आज दुई खेल

भक्तपुर न्यूज

३ वैशाख २०७९ ३:०४

आईपीएल : आज दुई खेल

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेल हुँदैछ ।

शनिबार हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

मुम्बई आज पहिलो जित निकाल्ने योजनामा रहेको छ। पछिल्लो पाँच खेलमा मुम्बईले जित निकाल्न सकेको छैन ।

मुम्बई अंक विहीन रहेर पुछारमा रहेको छ । यस सिजन जित निकाल्न नसक्ने मुम्बई एक्लो टोली हो ।

लखनउ भने चौंथो जितको योजनामा रहेको छ । लखनउ ५ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ ।

दिल्ली आज तेस्रो जितको खोजीमा रहेको छ । दिल्ली ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

बैंगलोर भने चौंथो जित निकाल्न चाहन्छ । बैंगलोर ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७९ बैशाख ३ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय