सुनको मूल्य ५ सय बढ्यो, तोलाको कति पुग्यो ?

भक्तपुर न्यूज

२ वैशाख २०७९ ७:४२

सुनको मूल्य ५ सय बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत २०७८ सालको अन्तिम महिना बुधबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बैशाख २ गते शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत चैत्र ३० गते विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ एक हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत चैत्र ३० गते बुधबार प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मितिः २०७९ बैशाख ०२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय