आज उम्मेद्वारको नामावली प्रकाशन गर्दै
काठमाडौं, २१ बैशाख । निर्वाचन आयोगले आज उम्मेद्वारको नामावली प्रकाशन गर्दैछ । बिहान साढे ११ देखि १ बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आज नै उम्मेद्वारका लागि नाम फिर्ता लिने समय तोकिएको छ ।
दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी फिर्ता लिन चाहनेले सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिनसक्ने आयोगले जनाएको छ । भोलि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यसूचि छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
