मधेस प्रदेशसभाबाट अध्यादेश प्रतिस्थापन विधेयक पारित

भक्तपुर न्यूज

२९ चैत २०७८ ११:४५

मधेस प्रदेशसभाबाट अध्यादेश प्रतिस्थापन विधेयक पारित

काठमाडौं । मधेस सरकारले दुईवटा अध्यादेशको प्रतिस्थापन गर्न ल्याएको विधेयक सर्वसम्मतिले पारित भएको छ । मंगलबार प्रदेशसभाबाट मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

प्रदेशसभा बैठकबाट दुवै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिइन् । प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा प्रदेश सरकारले विधेयक ल्याएको थियो ।

प्रकाशित मितिः २०७८ चैत २९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय