नयाँ वर्षमा एनआईसी एसियाको यस्ता छन् आकर्षक छुट योजनाहरु
काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्ष २०७९ ले सम्पूर्ण ग्राहकहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तो डिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ ।
त्यसैगरी सिजी र एलजी डिजिटलबाट यही चैत्र ३० गते २० हजार रुपैंयाँ भन्दा बढीको सामग्री खरिद गरी एनआईसी एशिया बैंकका ग्राहकहरूले पस तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा दुई हजार ७९ रुपैयाँ नगद फिर्ता (क्यास व्याक) हुने योजना समेत बैंकले ल्याएको छ ।
देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबिच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपण अनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आई सर्भ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिने बैंंकले जानकारी दिएको छ ।
साथै, बैंकले फोन पे संग सहकार्य गर्दै एनआईसी एशिया मो बैंक मार्फत २०७८ चैत्र ३० का दिन क्यु आर भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत वा एक सय रुपैंयाँ नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ । जसमा एक जना ग्राहकले अधिकतम तीन वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ । साथै, सोहि दिन क्यु आर भुक्तानी गर्ने र क्यु आर भुक्तानी लिने १०÷१० जना भाग्यशाली ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोहि क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ ।
प्रकाशित मितिः २०७८ चैत २९ मंगलबार
