बर्दिबासमा गठबन्धन र एमालेका मधेश प्रदेशका नेताहरु छुट्टाछुट्टै छलफलमा

भक्तपुर न्यूज

२९ चैत २०७८ ८:३९

बर्दिबासमा गठबन्धन र एमालेका मधेश प्रदेशका नेताहरु छुट्टाछुट्टै छलफलमा

बर्दिबास । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्नदेखि सत्तारुढ गठबन्धनको सक्रियता बढ्न थालेको छ। सत्तारुढ गठबन्धन र एमालेको बेग्ला बेग्लै बैठक महोत्तरीको बर्दिबासमा चलिरहेको छ।

मधेश प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धनबा बारेमा छलफल गर्न बर्दिबासस्थित एक होटलमा नेपाली कांग्रेसको अगुवाईमा बैठक भइरहेको छ। सो बैठकमा नेताहरुले पालिका कमिटी र जिल्ला कमिटी पार्टीसँग आ-आफ्नो संगठनको अवस्था बारे रिपोर्टिङ गर्ने र उम्मेदवार बाडँफाँटको मापदण्डलगायतमा छलफल हुने एक नेताले बताए।

नेपाली कांग्रेस मधेश प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादव, नेकपा माओवादी केन्द्र मधेश प्रदेश समितिका सचिव योगकुमार बरबरिया जीवनलगायत पाँच वटै दलका प्रतिनिधिहरुको बैठकमा उपस्थिती रहेको छ।

त्यस्तै, बर्दिबासमै नेकपा एमाले मधेश प्रदेश समितिको बैठक गौतम होटेलमा बस्दै छ। पालिकामा उम्मेद्वारी छनोटलगायतका विभिन्न विषयमा एमाले छलफलमा जुटेको हो।

प्रकाशित मितिः २०७८ चैत २९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय