गठबन्धनले मंगलबार चुनावी तालमेलको मोडालिटी तय गर्ने

भक्तपुर न्यूज

२८ चैत २०७८ ९:२५

गठबन्धनले मंगलबार चुनावी तालमेलको मोडालिटी तय गर्ने

काठमाडौं । सत्तारुढ दल पाँच दलले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी मंगलबार बस्ने बैठकमार्फत टुङ्ग्याउने भएका छन् । सोमबार बसेको पाँच दलीय गठबन्धनको उच्चस्तरीय बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गरेको छ ।

सोमबारको बैठकपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बेलुका ४ बजे बस्ने बैठकले मोडालिटीबारे टुङ्गो लगाउने जानकारी दिए ।

गठबन्धनभित्र मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल भएपनि नेताहरुबीच सहमति जुटेको छैन । खासगरी यसअघि काँग्रेस, माओवादीले जितेका स्थान उनीहरुलाई नै छोड्दै एमालेले जितेका स्थानमा भागबण्डा गर्ने प्रस्तावमा नेकपा एकीकृत समाजवादीले असहमति जनाएको नेताहरुको भनाई छ ।

प्रकाशित मितिः २०७८ चैत २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय