नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु

भक्तपुर न्यूज

२८ चैत २०७८ ७:१८

नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु

काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-११ बिपीचोकमा आइतबार राति कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीय कलिम इद्रिसी र ५ वर्षकै अली अन्सारी रहेका छन् ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारकादोबाट गणेशमान चोकतर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३ च ८४८१ नम्बरको कारले पैदल हिँडिरहेका उनीहरूलाई गए रातस पौने १२ बजे एकैसाथ ठक्कर दिएको थियो ।

कारसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः २०७८ चैत २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय