मकवानपुरमा प्रतिबन्धित लागुऔषधसहित एक जना युवक पक्राउ

भक्तपुर न्यूज

२७ चैत २०७८ ९:१४

मकवानपुरमा प्रतिबन्धित लागुऔषधसहित एक जना युवक पक्राउ

मकवानपुर । मकवानपुरमा प्रतिबन्धित लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको टोलीले उनको घरमा खानतलास गर्दा लुकाएर राखेको ट्रामा, नाइट्रोभेट र मोरेक्स फेला परेको थियो । प्रहरीले उनको घरबाट ट्रामा १०४० ट्याबलेट, नाइट्रोभेट ५२५ ट्याब्लेट र मोरेक्स १० बोतल बरामद गरेको छ ।

प्रकाशित मितिः २०७८ चैत २७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय