मकवानपुरबाट ३५ किलो गाँजासहित ५ जना पक्राउ

भक्तपुर न्यूज

२७ चैत २०७८ ८:०१

मकवानपुरबाट ३५ किलो गाँजासहित ५ जना पक्राउ

मकवानपुर । प्रहरीले ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं को यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका-१ बस्‍ने ११ वर्षीय सरोज तामाङ, २५ वर्षीय सूर्यबहादुर स्याङ्गो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र २४ वर्षीय एबीलाल तामाङ रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मितिः २०७८ चैत २७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय