जोर्डनले माग्यो २०० महिलासहित भारी सङ्ख्यामा कामदार, मासिक तलब कति ?

भक्तपुर न्यूज

२६ चैत २०७८ १०:३५

जोर्डनले माग्यो २०० महिलासहित भारी सङ्ख्यामा कामदार, मासिक तलब कति ?

काठमाडौं । जोर्डनको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । जोर्डन सहरमा रहेको jerash garments and fashions manufacufacturing co. ltd. कम्पनीले ५० जना पुरुष र २०० जना महिला गरी जम्मा २५० कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३७ हजार बढी पाउनेछ । इच्छुक कामदारले एससीसी मेनपावर कम्पनी प्रालिको कार्यालय महाराजगञ्ज काठमाडौंमा बैशाख १ गते अन्तरवार्ता दिनुपर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमाa, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

प्रकाशित मितिः २०७८ चैत २६ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय