कृष्ण सिटौला र राजेन्द्र लिङ्देनको क्षेत्रबाट दुर्गा प्रसाईंले निर्वाचन लड्ने

भक्तपुर न्यूज

२५ चैत २०७८ ८:२४

कृष्ण सिटौला र राजेन्द्र लिङ्देनको क्षेत्रबाट दुर्गा प्रसाईंले निर्वाचन लड्ने

काठमाडौं । एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीबाट आफूले चुनावमा लड्न टिकट पाइसकेको बताएका छन्। उनले आफूले टिकट पाएकाले एक वर्षपछि हुने संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट लड्ने पनि घोषणा गरेका छन्।

दुर्गा प्रसाईंले काँग्रेस नेता कृष्ण प्रसाद सिटौला तथा राप्रापाका अध्यक्ष राजेन्द्र लिंदेनको क्षेत्रबाट चुनाव लड्न लागेको उल्लेख गरेका छन्। प्रसाईंले सिटौलालाई सो क्षेत्रबाट चुनाव नलड्न पनि टेलिफोनमार्फत् बताएको जानकारी दिएका छन्।

झापा क्षेत्र नम्बर ३ यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जितेको क्षेत्र हो। ०७४ सालमा लिङ्देनले एमाले अध्यक्ष केपी ओलीको साथ पाएर चुनाव जितेका थिए।

प्रकाशित मितिः २०७८ चैत २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय