सन्धिखर्कमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते

भक्तपुर न्यूज

२५ चैत २०७८ ८:१८

सन्धिखर्कमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते

अर्घाखाँची । जिल्लाको सन्धिखर्क २ बेलबाटिकानजिकै तीर्थयात्री सवार बस दुर्घटना भएको छ । दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले बताए ।

बसमा पोखराका तीर्थयात्रीहरु सवार रहेको तथा सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचारका भइरहेको प्रहरी प्रमुख थापाले बताए । दुर्घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरे र प्रहरी प्रमुख थापासहितको टोलीले उद्धार गरेको छ।

प्रकाशित मितिः २०७८ चैत २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय