बुद्धि तामाङ अभिनित फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ आजबाट प्रदर्शनमा
काठमाडौं । आज शुक्रबारबाट बुद्धि तामाङ अभिनित फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ प्रदर्शनमा आएको छ। फिल्मले सिंगल थ्रिएटरमा एकल प्रदर्शनको मौका पाएको छ। मल्टिप्लेक्समा पहिलै प्रदर्शनमा आएको फिल्म ‘आरआरआर’ लगायत केहि विदेशी फिल्मलाई निरन्तरता दिइएको छ।
एक्सन-कमेडी फिल्ममा बुद्धि तामाङ, अञ्जली अधिकारी, सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, सुनिल भुषाल, जयनन्द लामा, सुरज कार्की, सुभाषलगायत कलाकारले अभिनय छ।
शंकर कार्की र बाबु जिम्बाले निर्देशन गरेको फिल्मका निर्माता प्रेम श्रेष्ठ हुन् भने सह-निर्देशकमा प्रणव सुवेदी छन्। फिल्ममा शंकर कार्कीको कथा, वीर मास्टरको द्वन्द्व, आशिया जिम्बा र सुशिल डाँगीको छायांकन र आशिष जिम्बाको सम्पादन रहेको छ।
प्रकाशित मितिः २०७८ चैत २५ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
