नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले लिए शपथ

भक्तपुर न्यूज

२४ चैत २०७८ १२:०१

नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले लिए शपथ

काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

त्यसक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए । प्रधानमन्त्री देउवाले आजै उनलाई कानुनमन्त्रीमा सिफारिस गरेका थिए ।

संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित मितिः २०७८ चैत २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय