यी हुन भक्तपुर जिल्लाका मेयर, उपमेयरका उम्मेदवारहरु

भक्तपुर न्यूज

१९ वैशाख २०७४ १३:२०

यी हुन भक्तपुर जिल्लाका मेयर, उपमेयरका उम्मेदवारहरु

भक्तपुर, १९ वैशाख । स्थानीय तह निर्वाचनका लागि भक्तपुरका चारवटै नगरपालिकामा मंगलवार उम्मेदवारको मनोनय दर्ता भएको छ । स्थानीय राजनीतिक दलका नेता र कार्यकर्ताहरुले झाँकी र र्यालीसहित सम्बन्धित नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता  गरेका हुन ।
भक्तपुरमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी, राष्टिय प्रजातन्त्र पार्टी लगायतका दलले  मेयर,उपमेयरसहित वडाध्यक्ष र चारजना सदस्यहरु सहितको मनोनय दर्ता गरेका हुन ।
नेपाली काँग्रेसले भक्तपुर नगरपालिकामा मेयरमा राम काँसुला, उपमेरमा गंगा अवाल, मध्यपुर थिमीमा मेयर अष्ट कबे, उपमेयरमा अञ्जना मधीकर्मी, चाँगुनारायण नगरपालिकामा मेयर राजाराम खड्का र उपमेयर सरु बानियाँ, सूर्यविनायक नगरपालिकामा विष्णुराज कार्की र उपमेयरमा काल्पना राजथलाले मनोनयन दर्ता गराएका छन् ।


त्यस्तै एमालेबाट भक्तपुर नगरपालिकमा मेयरमा विष्णु सुवाल, उपमेयरमा कृष्णमाया त्वायानाबासु,  चाँगुनारायण नगरपालिकामा मेयरमा सोम मिश्र, कउपमेयरमा बिना वास्तोला, सूर्यविनायकमा मेयरमा बासुदेव थापा, उपमेयरमा जुना बस्नेतले  मनोनयन दर्ता गराएका छन् ।  माओवादी केन्द्रबाट भक्तपुरमा सत्यलाल मूल, उपमेयरमा इन्द्रमाया सुवाल, चाँगुमा मेयर शिब अधिकारी, उपमेयर लक्ष्मी खड्का, त्यस्तै सूर्यविनायकमा दिलकृष्ण तज र उपमेयमा पुण्यवती चौलागाइले मनोनयम दर्ता गराएको  जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । नेमकिपाबाट भक्तपुर नगरपालिकामा मेयरमा सुनिल प्रजापति, उपयमेयरमा रजनी जोशी, चाँगुमा मेयरमा न्हुँछे फोजु, उपमेयरमा गिता काफ्ले, सूर्यविनायकमा मनशोभा त्वाँटी र उपमेयरमा महेन्द्र बखुन्छेले उम्मेदवारीको मनोनयन दर्ता गराए ।
राप्रपाबाट भक्तपुर नगपालिकामा मेयरमा रबिकृष्ण श्रेष्ठ, उपमेयर खाली राखिएको छ । मध्यपुरमा मेयरमा राधा अधिकारी उपमेयरमा नगगेबिन्द शंकदेव, चाँगुमा रबिन्द्रप्रताप शाह, उपमेयरमा योबती कार्की, सूर्यविनायदक मेयरमा प्रविण ढुगेल, उपमेयरमा जयन्तीे महतले उम्मेदवारको मनोनय दर्ता गराएको जिल्ला निर्वाचन कार्यालका प्रमुख उमेश राइले जानकारी दिए ।
पार्टीहरुमा उम्मेदारका लागि आकांक्षी धेरै भएपछि  उम्मेदवार चयन गर्न हम्बे हम्बे  परेको थियो । उम्मेदवार चयन गर्न सम्बधित जिल्ला कमिटिले नसकेपछि प्रदेश कमिटि र केन्द्रले टिकटको टुंगो लगाउनु परेको थियो ।

मध्यपुर थिमी नगपालिकामा तीन पार्टीका गठबन्धन

मध्यपुर थिमी नगरपालिकामा नेकप एमाले, नेकपा माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीबीच स्थानीय तह निर्वाचनमा गठबन्धन भएको छ । गठबन्धन अनुसार मेयरमा एमालेको तर्फबाट मदनसुन्दर श्रेष्ठ, उपमेयरमा नेमकिपाका केदार खड्का र ९ वटामध्ये तीन पार्टीलाई तीनतीनवटा वडाध्यक्ष बाड्ने निर्णय भएको नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय