बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

भक्तपुर न्यूज

२४ चैत २०७८ ११:२६

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ। झापा गौरदह नगरपालिका-५ बस्ने ५१ वर्षीय उपेन्द्र ढुंगानालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

प्रहरीले ढुंगानालाई बिहीबार धुम्बराहीबाट पक्राउ गरेको हो। प्रहरी उपरीक्षक कोइरालाका अनुसार पुस २२ गते उच्च अदालत विराटनगरको इजलासले ढुंगानालाई बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। उनीमाथि १७ लाख ठगी गरेको आरोप छ।

ढुंगानालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक पठाएको जनाइएको छ।

प्रकाशित मितिः २०७८ चैत २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय