सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिइन् सुष्मा कार्की

भक्तपुर न्यूज

२४ चैत २०७८ ८:१४

सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिइन् सुष्मा कार्की

काठमाडौं । अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । सामाजिक सञ्जालबाट टाढा हुने भन्दै पोस्ट गरेका सबै तस्वीर उनले डिलेट गरेकी छन् ।

फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि गरेको उनको फेसबुक पेज र युजरनेम परिवर्तन भएपनि भेरिफाइड ब्याज चाहिं हटेको छैन । यसबारे कुरा गर्दा सुष्माले आफ्नो भेरिफाइड पेज अरुको चासोको विषय बन्न नसक्ने जवाफ दिएकी छन् ।

फेसबुक पेजमा तस्वीर राख्दा नेगेटिभ कमेन्ट बढी आउन थालेपछि उक्त पेज अरुलाई नै दिएको सुष्माको भनाइ । ‘म अहिले पूर्णरुपमा सामाजिक सञ्जालबाट बाहिर छु,’ उनले भनिन् । ५७ हजार फलोअर्स रहेको इन्स्टाग्रामबाट सुष्माले सबै तस्वीर हटाएकी छन् । तर इन्स्टामा उनको भेरिफाइड एकाउन्ट कायमै छ ।

प्रकाशित मितिः २०७८ चैत २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय