पल शाहलाई थुनछेक बहसका लागि लगियो नवलपुर

भक्तपुर न्यूज

२२ चैत २०७८ ११:०३

पल शाहलाई थुनछेक बहसका लागि लगियो नवलपुर

काठमाडौं । पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएको छ । एक नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई आज नवलपुर जिल्ला अदालत पठाइएको हो ।

उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । सोही मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला कारागार तनहुँले जनाएको छ ।

गएको चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको आदेशपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जिल्ला अदालत नवलपुरले उपस्थित गराउन भनेअनुसार शाहलाई नवलपुर पुर्‍याइएको बताए ।

प्रकाशित मितिः २०७८ चैत २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय