सुनको मूल्य बृद्धि हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

२२ चैत २०७८ ६:४७

सुनको मूल्य बृद्धि हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी यसअघि ९८ हजार २०० रुपैयाँ रहेको तेजावी सुन आज सामान्य बढेर ९८ हजार ३०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । सोमबार प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर एक हजार ३४० रुपैयाँमा झरेको हो ।

प्रकाशित मितिः २०७८ चैत २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय