मल्टिप्लेक्सबाट दुई दिनमै हटाइयो ‘हेलो जिन्दगी’

भक्तपुर न्यूज

२१ चैत २०७८ १०:३१

मल्टिप्लेक्सबाट दुई दिनमै हटाइयो ‘हेलो जिन्दगी’

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को दबदबाबीच रिलिज भएको नेपाली फिल्म ‘हेल्लो जिन्दगी’लाई मल्टिप्लेक्सले दुई दिनमै हटाएका छन् ।

दोस्रो साताको सुरुवातसँगै नेपाली बक्स अफिसमा एएसएस राजामौली निर्देशित फिल्मको स्थिर कमाइ यथावत छ । क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, आएनआईजस्ता ठूला मल्टिप्लेक्सले दुई दिनमै प्रियंका कार्की र दीपिका प्रसाईं स्टारर फिल्मलाई उतारेका हुन् ।

‘हामीकहाँ एक शो अझै छ र दर्शक आउनै मुस्किल देखिएको छ । शनिबारै दर्शक नआएपछि अब कसरी चलाउने ? हेल्लो जिन्दगी नचल्नु नेपाली फिल्मको लागि अर्को सेटब्याक हो,’ गोपीकृष्ण मुभिजका व्यवस्थापक प्रदीप दाहालले भने ।

दर्शक नआएपछि रञ्जना हलबाट समेत फिल्मलाई हटाइएको व्यवस्थापक विनोद पौडेलले बताए । आइतबार बेलुकीसम्मै ठूला मल्टिप्लेक्समा ‘आरआरआर’को ५० प्रतिशत टिकट बिक्री भइसकेको छ । जेरर्ड लेटो स्टारर सुपरहिरो फिल्म ‘मर्बियस’ले पहिलो सप्ताहन्त नेपाली बक्स अफिसमा औसत ओपनिङ गरेको छ ।

‘हेल्लो जिन्दगी’लाई हटाएर मल्टिप्लेक्सले ‘आरआरआर’लाई शो दिएका छन् । तर केही सिंगल थिएटरले भने ‘हेल्लो जिन्दगी’लाई निरन्तरता दिएका छन् । आइतबार गोपीकृष्णमा एक शो छ भने गुण सिनेमाले तीन शो दिएको छ ।

ठूला मल्टिप्लेक्सबाट दुई दिनमै फिल्म उत्रिएपछि ‘हेलो जिन्दगी’लाई लगानी उठाउने चुनौती थपिएको छ ।

प्रकाशित मितिः २०७८ चैत २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय