भारतमा पेट्रोलको मूल्य प्रतिलिटर ४० पैसाले बढ्यो

भक्तपुर न्यूज

२१ चैत २०७८ ९:००

भारतमा पेट्रोलको मूल्य प्रतिलिटर ४० पैसाले बढ्यो

काठमाडौं । भारतमा पेट्रोल तथा डिजेलको मूल्य सोमबार पुनः ४० पैसा प्रतिलिटरले बढेको छ । गत दुई सातामा पेट्रोल–डिजेलको मूल्यमा ८ दशमलव ४० भारु प्रतिलिटर वृद्धि भएको छ । सरकारी तेल कम्पनीको तर्फबाट जारी गरिएको सूचनाअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३ दशमलव ८१ भारु प्रतिलिटर भएको छ ।

डिजेलको मूल्य ९४ दशमलव ६७ भारुबाट बढेर ९५ दशमलव ०७ पुगेको छ । पेट्रोल र डिजेको मूल्य केन्द्र सरकार र राज्य सरकारको तर्फबाट लगाइएको करमा आधारित हुनाले भारतमा राज्यअनुसार पेट्रोलियम पदार्थको मूल्य फरक फरक छ ।

मार्च २२ देखि यता भारतमा अहिलेसम्म १२ पटक पेट्रोल–डिजेलको मूल्य वृद्धि भएको छ । एजेन्सी

प्रकाशित मितिः २०७८ चैत २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय