२० बर्षपछिको स्थानीय तह निर्वाचन ः राष्ट्रिय उत्सवकै झझल्को

भक्तपुर न्यूज

१९ वैशाख २०७४ ८:३१

२० बर्षपछिको स्थानीय तह निर्वाचन ः राष्ट्रिय उत्सवकै झझल्को

कमल न्यौपाने
भक्तपुर १९ बैशाख – राजनीतिक दलहरुबीच लामो समयदेखि देखिएको संविधान संशोधनको विवाद नटुङिगदा अन्योल जस्तै देखिएको स्थानीय निर्वाचनमा आजबाट नयाँ माहौल शुरु भएको छ । उत्सवजस्तै देखिएको छ भक्तपुर लगायत उपत्यकाको मनोनयन दर्ता । मानेनयन गर्नेििदनसम्म दलहरु चाहीँ केही ठाँउको उम्मेदवार चयनका लागि आन्तरिक वैठकमा व्यस्त थिए ।

चार महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाँउपालिकामा आज उम्मेदवारको मनोनय हुँदैछ । पहिलो चरणमा बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि सवैजसो दलहरु चुनावी मैदानमा उत्रेका छन् ।
दलहरु चुनावप्रति होमिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै अन्तिम समयमा आएर चुनावले राष्ट्रिय उत्सवकै झझल्को दिएको छ ।

चुनावका लागि निर्वाचन आयोग, राजनीतिक दल र सरकार आ –आफ्ना ठाउबाट चुनाव सम्पन्न गर्ने दृढताका साथ होमिएका छन् । मधेसी मोर्चामा आवद्ध राजपा र संघीय समाजवादी फोरमले समेत संविधान संशोधनको मागको सुनुवाइ नभएपनि निर्वाचनलाई अवरोध नगर्ने बताएपछि धेरैले असम्भव ठानेको निर्वाचन पनि सम्भव भएको हो । अहिले देशका विभिन्न स्थानमा राजनीतिक दलहरु उम्मेदवारी मनोनयनमा ब्यस्त बनेका छन् । बाजागाँजासहित उम्मेदवारी दर्ता गर्न दलहरु निर्वाचन कार्ययलमा पुगिसकेका छन् ।

भने केही दलहरुले केही स्थानमा उम्मेदवारको टुङगो लगाउन आन्तरिक गृहकार्य गरिरहेका छन् । आयोगको कार्यतालिका अनुसार चुनावमा भाग लिने दलहरुले आजै बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्ने छन् ।
चुनावका लागि निर्वाचन आयोगले तयारी गरिरहेको भए पनि पर्याप्त राजनीतिक वातावरण बनेको थिएन, त्यसले सर्वसाधारण र स्वयं प्रमुख दलहरुलाई अन्तिम समयसम्म पनि चुनावी मिति फेरी सर्ने होकि भन्ने आशंका कायमै रहेको थियो । यद्यपी अन्तिममा राजनीतिक वातावरणसमेत एकाएक सहज बन्न पुग्यो ।

पहिलो चरणको चुनावका लागि आयोगको कार्यतालिका अनुसार आज ५ बजेसम्म उम्मेदवारी दर्ता र निर्वाचन आयोगले ५ः३० मा उम्ेदवारको सुचि प्रकाशन गर्नेछ । त्यस्तै बैशाख २० गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । त्यस्तै २१ गते उमेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली बैशाख २२ गते १० देखि ११ बजेसम्म प्रकाशन हुने छ । बैशाख २२ गते नै उम्मेदवारले चुनाव चिन्ह पाउने र बैशाख ३१ मा मतदान हुने छ ।

बैशाख ३१ मा चुनाव हुने प्रदेश र जिल्ला

प्रदेश नम्बर ३ः दोलखा, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश नम्बर ४ः मनाङ, मुस्ताङ, गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहु कास्की र नवलपरासीको केही क्षेत्र ।
प्रदेश नम्बर ६ः डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान रुकुमका केही क्षेत्रमा पहिलो चरणको निर्वाचन आजदेखि शुरु भैसकेको छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *