काठमाडौं । कतारमा हुने फिफा विश्वकपको आधिकारिक गीत सार्वजनिक गरिएको छ । आगामी नोभेम्बर २१ देखि शुरु हुने विश्वकपको गीत ‘हय्या हय्या’ रहेको छ । त्रिनिदाद काडनान, डेभिडो र आयशाले कम्पोज गरेका हुन् ।
पहिलोपटक विश्वकपको गीतमा अरू गीतको पनि समिश्रण गरिएको छ । यस्तै, विश्वकपमा प्रयोग हुने आधिकारिक खेलको बल पनि जारी गरेको छ । यसको नाम अल रिहला राखिएको छ । अल रिहलाको अर्थ अरब भाषामा यात्रा हो ।
प्रकाशित मितिः २०७८ चैत २१ सोमबार
Comments