बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ

भक्तपुर न्यूज

२० चैत २०७८ १२:११

बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ

काठमाडौं । प्रहरी बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दरकपुर गाउँपालिका-४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका-५ लोलाङ बस्‍ने ४२ वर्षीय डाकमान गुरूङ रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७८ फागुन २९ गते उनलाई तीन दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । बौद्धमा लुकिछपी बसिरहेको अवस्थामा गुरूङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

प्रकाशित मितिः २०७८ चैत २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय