दोहोरो अंकले घट्यो शेयर बजार , डेढ अर्ब पनि पुगेन कारोबार रकम

भक्तपुर न्यूज

२० चैत २०७८ १०:११

दोहोरो अंकले घट्यो शेयर बजार , डेढ अर्ब पनि पुगेन कारोबार रकम

काठमाडौं । साताको पहिलो कारोबारको दिन(आइतबार) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज ३०.८९ अंकले घटेर २५१३.४१ को बिन्दुमा पुगेको हो ।

दोहोरो अंकले घटेको बजारमा आज राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १ हजार ४५१.४० पुगेको छ । राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले आज सबैभन्दा बढी नाफा कमाएका हुन् ।

यस्तै,इमर्जिङ नेपाल र नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य ९.९ प्रतिशतले बढेको छ । इमर्जिङ नेपालको शेयरमूल्य प्रतिकित्ता १ हजार ३४७.२० पुगेको छ भने नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य १ हजार १६१.२० पुगेको छ ।

प्रकाशित मितिः २०७८ चैत २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय