घाइते भएका क्रिकेटर कमलसिंह ऐरीको सफल शल्यक्रिया

भक्तपुर न्यूज

२० चैत २०७८ ९:४५

घाइते भएका क्रिकेटर कमलसिंह ऐरीको सफल शल्यक्रिया

काठमाडौं । घाइते भएका क्रिकेटर कमलसिंह ऐरीको आइतबार शल्यक्रिया भएको छ । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी शृङ्खला अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा उनी घाइते भएका थिए ।

तीव्र गतिका बलर ऐरीको आइतबार बिहान कलंकीमा रहेको नेपाल नेशनल अस्पतालमा शल्यक्रिया गरेका हुन् । शनिबार त्रिवि मैदानमा मलेसियासँगको खेलको क्रममा उनी घाइते भएका थिए ।

बल रोक्न डाइभ हान्ने क्रममा घाँटी मुनि रहने बायाँ भागको ब्यूटी बोनमा चोट लागेको थियो । उक्त हड्डी बीचबाट भाँचिएको हुँदा शल्यक्रिया गरिएको हो ।

प्रकाशित मितिः २०७८ चैत २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय