भक्तपुरमा राप्रपा र माओवादी केन्द्रले तोक्यो उम्मेदवार
भक्तपुर १९ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा मनोनयन दर्ता शुरु भएको छ । भक्तपुर नगरपालिकामा राप्रपाका तर्फबाट मेयरमा रविकृष्ण श्रेष्ठ चाँगुमा रविन्द्रप्रताप शाह उपमेयरमा युवती कार्की, सुर्यविनायकको मेयरमा प्रविण ढुंगेल, उपमेयरमा जयन्ती महत रहेका छन् । यस्तै मध्यपुरथिमीमा उपमेयरमा नरगोविन्द शंकरदेव रहेका छन् ।
यस्तै माओवादी केन्द्रबाट मध्यपुरथिमीबाट मेयरमा सुचित्रा श्रेष्ठ उपमेयरमा बालकृष्ण दुगु, चाँगुको मेयरमा शिव अधिकारी उपमेयर लक्ष्मी खड्का सूर्यविनयाकको मेयरमा दिलकृष्ण तज ( जीवन) उपमेयरमा पुण्यवती चौलागाई, भक्तपुर नगरमा मिलन सुवाल मेयमा र उपमेयरमा इन्द्रमाया सुवाल रहेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले लगायतका अन्य राजनीतिक दलहरुले भक्तपुरका नगरमा मंगलबार दिउँसोसम्म उम्मेदवार मनोनयन गर्न सकेका छैनन् । सबै दलले मनोनयन दर्ताका लागि तयारी तीब्र रुपमा अघि बढेको बताएका छन् ।