सोलुखुम्बुमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या , श्रीमान पक्राउ
काठमाडौं । सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ वर्षीय चन्द्र राईले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
गएराति राईले ३७ वर्षीया श्रीमती मनिला राईमाथि खुकुरी प्रहार गरेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो।
सोही टोलीले राईलाई पक्राउ गरेको हो। उनीहरूबीच सामान्य विवाद हुँदा आवेशमा आएर श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मितिः २०७८ चैत १७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
