‘बी’ डिभिजन लिगमा सरस्वतीमाथि ब्वाइज युनियनको रोमाञ्चक जित

भक्तपुर न्यूज

१५ चैत २०७८ ११:०२

‘बी’ डिभिजन लिगमा सरस्वतीमाथि ब्वाइज युनियनको रोमाञ्चक जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत मंगलबारको खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ । ब्वाइज युनियनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सरस्वती युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो ।

खेलको १५ औं मिनेटमा इन्सन राईले गोल गर्दै ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा सबिन खड्काले पेनाल्टीमार्फत गोल गर्दै सरस्वतीलाई १–१ को बराबरीमा ल्याए । ६६ औं मिनेटमा अविनाश थापाले सरस्वतीलाई २–१ ले अघि बढाए ।

७७ औं मिनेटमा शरद कुमार क्षेत्रीले गोल गर्दै ब्वाइज युनियनलाई २–२ को बराबरीमा ल्याए । ७८ औं मिनेटमा मिलन लिम्बुले गोल गरेपछि ब्वाइज युनियनले ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो ।

यो जितसँगै ब्वाइज युनियनले ९ खेलमा ८ अंक जोडेको पुछारमा रहँदा पराजित सरस्वती सामान खेलबाट १५ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मितिः २०७८ चैत १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय