त्रिकोणात्मक टी–२० सिरिजमा आज मलेसिया र पीएनजी भिड्दै

भक्तपुर न्यूज

१५ चैत २०७८ ५:५३

त्रिकोणात्मक टी–२० सिरिजमा आज मलेसिया र पीएनजी भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जितको खोजीमा मैदान उत्रिनेछन् ।

पहिलो खेल्न लागेको मलेसिया आज सुखद सुरुआत गर्न चाहन्छ भने पहिलो खेलमा नेपालसँग हार व्यहोरेको पीएनजी पनि पहिलो जितको खोजीमा हुनेछ । सिरिजमा नेपाल, मलेसिया र पीएनजी रहेका छन् ।

प्रकाशित मितिः २०७८ चैत १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय