जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
बागलुङ । बागलुङ नगरपालिका–३ मुलपानीबाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । स्थानीय प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सो नगरपालिकाको वडा नम्बर–३ बस्ने दिवसराज पन्त सहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले जुवा खालबाट २ लाख १ हजार बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, झापाको बिर्तामोड नगरपालिका ६ डेरा गरी बस्ने ३८ वर्षीय हंस बहादुर नेम्वाङको कोठामा तास खेलिरहेको अवस्थामा नेम्वाङ सहित १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ, भारतीय २२ हजार ५ सय रूपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मितिः २०७८ चैत १३ आइतबार
