रामेछापमा माछा मार्ने क्रममा बम विस्फाेट हुँदा एक जना गम्भीर घाइते

भक्तपुर न्यूज

११ चैत २०७८ ८:२३

रामेछापमा माछा मार्ने क्रममा बम विस्फाेट हुँदा एक जना गम्भीर घाइते

रामेछाप । रामेछाप नगरपालिका– ४ हिमगंगाको धारापानी बसेरीस्थित लिखु नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा एकजना गम्भीर घाइते भएका छन्। बम विस्फोटमा परी हिमगंगाका ३४ वर्षीय टुकबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन्। घाइते श्रेष्ठको स्थानीय साँघुटार स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार माछा मार्न विस्फोटक पदार्थसहित श्रेष्ठसँगै गएका अन्य तीनजनालाई प्रहरीले लिखु नदीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा छिमेकी सिन्धुली जिल्ला कमलामाई नगरपालिका– ५ का ३० वर्षीय बुद्ध लामा र वडा नं– ४ का ५२ वर्षीय रामबहादुर विक तथा सोही जिल्ला भद्रकाली गाउँपालिकाका २९ वर्षीय नील लामा रहेका छन्।

घटनामा घाइते भएका टुकबहादुर श्रेष्ठको हाल टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। प्रहरीले नियन्त्रणमा लिएका तीनैजनालाई विस्फाेटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरी म्याद थप लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७८ चैत ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय