स्वस्तिमा र अर्पणको मुख्य भूमिका रहेको ‘चिसो मान्छे’को टिजर सार्वजनिक

भक्तपुर न्यूज

११ चैत २०७८ ८:०९

स्वस्तिमा र अर्पणको मुख्य भूमिका रहेको ‘चिसो मान्छे’को टिजर सार्वजनिक

काठमाडौं । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’को टिजर रिलिज भएको छ । फिल्मको निर्माण पक्षले शुक्रबार यो फिल्मको टिजर सार्वजनिक गरेको हो ।

दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको ‘चिसो मान्छे’को टिजरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छन् । टिजरमा अभिनेता अर्पण र देशभक्त खनाल पनि अटाएका छन् ।

कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्मलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् । आगामी असार ३ गतेलाई रिलिज मिति तोकेको ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रकाशित मितिः २०७८ चैत ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय